• २०७७ असार २२ सोमबार

मोटोपन घटाउन अपनाउनुहोस् यी तरिका

मोटोपन कसरी घटाउने, तौल कसरी कम गर्ने रु अहिले धेरैको निम्ती टाउको दुखाईको बिषय बनेको छ यो । तौल बढ्नु वा मोटोपन आफैमा समस्या हो । यसले अरु समस्यालाई समेत निम्त्याउँछ । शरीर भद्दा र असुहाउँदिलो देख्ने मात्र होइन, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ रोगको खतरा पनि बढाउँछ । त्यसैले अहिलेका पुस्ताका निम्ति मोटोपन वा तौल नियन्त्रण ठूलो चुनौती बनेको छ ।

कसरी हुन्छ मोटोपन ? 
मोटोपना के हो ? यो कसरी हुन्छ ? भन्ने बारेमा पनि बुझ्न जरुरी हुन्छ । हामीले दिनभरी खाएको खानाबाट क्यालोरी आउँछ । क्यालोरीलाई एक्सरसाइजबाट लस्ट गर्न सकेनौं भने बोसोको रुपमा शरीरमा बस्न थाल्छ । 

बोसो छालाको मुनि र पेट तथा शरीरको विभिन्न अङ्गहरु पनि  टाँसिएर बसेको हुन्छ । बोसो जब तपाईँ खाना खानुहुन्न त्यो समयमा प्रयोगमा आउँछ इनर्जी र क्यालोरीको लागि प्रयोग हुन्छ । तर अनावश्यक धेरै खाएर भएको बोसोको विभिन्न किसिमको रोगहरुसँग सम्बन्ध जोडिएको हुन्छ । 

अर्काे एउटा कुरा बुझ्न के जरुरी छ भने हाम्रो शरीर सञ्चालको लागि सामान्य रुपमा क्यालोरी चाहिन्छ । मैले भन्न खोजेको हामी निदाएको समयमा पनि हाम्रो मस्तिष्क, मुटुलगायत धेरै अङ्गहरु सञ्चालनमा हुन्छन् । सञ्चालन भएका अङ्गलाई मेन्टन गर्नको लागि क्यालोरी चाहिन्छ । 

कसैलाई कम खाँदा पनि मोटोपना हुन्छ भने कसैलाई धेरै खादा पनि हुँदैन ।  यसको कारण भनेको व्यक्ति विशेष स्ट्रकचर, फिजियोलोजी र फङ्सन अनुसार  भरपर्ने कुरा हो । 

 तर थोरै खाए पनि मोटोपना हुन्छ भने के बुझ्नु पर्छ भने त्यो व्यक्तिले अलि मेहेनत गर्नुपर्ने जरुरी छ ।  बढी क्यालोरी हुने खानेकुरा कुरा कम खानुपर्छ । क्यालोरी खर्च हुने गरी व्यायाम गर्नुपर्छ ।

खानपान

मोटोपन वा तौल नियन्त्रणका लागि खानपान कटौती गर्छन् । फास्टिङ गर्छन् । यद्यपी यसले शरीरमा आवश्यक पोषणको कमी हुन्छ । त्यसैले तौल घटाउनका लागि खानपानमा कटौती गर्ने होइन । बरु, स्वस्थ्य र सन्तुलित खानेकुरामा जोड दिनुपर्छ । पानीको सेवन बढाउनुपर्छ । पानी र फलफूल सेवन गरेपछि अतिरिक्त खानेकुरा नियन्त्रण हुन्छ । यसले स्वतः तौल नियन्त्रणमा सहयोग पुग्छ ।

दिनचर्या

निस्किय दिनचर्या मोटोपन एवं तौल बढ्ने कारण हुन् । एकै स्थानमा लामो समय बस्ने । सुत्ने, उठ्ने अनियमित तालिका । राती अबेरसम्म बस्ने बानी । यी सबै आनीबानीले हो, मोटोपन बढाउने ।

त्यसैले तौल एवं मोटोपन नियन्त्रणका लागि सक्रिय दिनचर्या आवश्या हुन्छ । साथै व्यायाम गर्ने, पैदल हिँड्ने लगायत शारीरिक गतिविधिलाई बढाउनुपर्छ ।

तौल घटाउने अन्य टिप्स 

१. दिनको सुरुवात कागती पानी वा कागती चियाबाट गरौं ।

२. कागती पानीमा मह मिसाएर पिउन सकिन्छ । यसले पाचनयन्त्र पनि राम्रो हुन्छ ।

३. तौल नियन्त्रणका लागि त्रिफलाचूर्ण उपयोगी हुन्छ । राती एक गिलास पानीमा आधा चम्चा त्रिफला चूर्ण मिसाएर राख्ने । बिहान यसलाई उमाल्ने र चिसो बनाएर पिउने ।

४. लौकाको जुसमा पुदिना वा तुलसीको पात मिसाएर पिउनुपर्छ ।

५. तौल नियन्त्रणका लागि भोजनमा गहुँ, आटा, रोटी भन्दा जौ, चनाको आटा उपयोगी हुन्छ ।

६. भोजनमा फाइबरयुक्त फलफूल जस्तो कि, मेवा, स्याउ आदि सेवन नगर्ने ।

७. फ्याटी फूड जस्तो कि, बर्गर, मिठाई आदि सेवन नगर्ने ।

८. चियासँग ब्रेड, बिस्कुट आदि सेवन नगर्ने ।

९. अन्डा, मासु र समुन्द्री खाना नखाने ।

१०. कोल्ड ड्रिङ्क, प्याकेटको फुड्स, तेलयुक्त खानेकुरा सेवन गर्ने ।

११. चिया, चामल र आलुको सेवन कम गर्ने ।

१२. एकै स्थानमा लामो समय बस्नु भन्दा शारीरिक गतिविधि बढाउने ।

१३. बिहान वा रातीको खानापछि कम्तिमा १० मिनेट टहल्ने ।

१४. तौल घटाउने व्यायाम जस्तो कि, पौडी, साइक्लिङ, बि्रस्क वाक, स्किपिङ, एरोबिक्स गर्ने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार