• २०७७ असार २२ सोमबार

कबिता: नारी

सीता लक्ष्मी द्रौपदी तिनै हुन्
दुर्गा भगवती अनि काली उनै हुन 
जननी दिदी बहिनी छोरी
अनि प्रिय श्रीमती र धर्ती माता पनि नारी 
दुःख मा मन्द मुस्कान छाडी हिँड्ने ,
माफ गरनै  नसकिने गल्ती अनि भुल लाई क्षामा दिन्छौ 
किन कि तिमीलाई मात्रै थाहा छ क्षामा नै सम्ब न्धको पूरक हो
टुट्नै  आँटेको सम्ब न्धलाई जोडेर  छुट्नै लगेको साथ लाई बाँधेर 
माया को डोरी ले कस्छौ
किन कि तिमीलाई दुख्छ , पिडा हुन्छ जब सम्बन्ध टुट्छ
साच्चिकै नारी तिमी अचानो हौ र त हरेक खुकुरी को चोट लाई सहजै सहन सक्छौ
समुन्द जस्तै जीवन का हरेक छाल अनि बाढी लाई छिचोल्दै शान्ति किन खोज्छौ
विशाल धर्ती मात्रा सृजना कर्ता तिमी खुल्ला आकाश हौ जसले हर हावा हुरी र बतास लाई सहन  
सचिकै  पुरुष ले कहिले तिमीलाई जुवा खेलेर हारे कहिले तिम्रो अग्नि परीक्षा लिए
फर्केर हेर कलि युग होस या स त्य 
बेइमानी गाली र दोष सबै नारी लाई दिए

किन किन नभएको लन्छन लाग्दा तिमीलाई दुख्छ छट्पटाउछौ, भक्कानिन्छै तर पनि त्यसको सामना तिमी एक्लै गर्छौ
तिम्रो मुटु काँप्छ मुठी आफै कसिन्छ निधार म पसिना चिट चिट आउँछ तर पनि बाहिर बोल्न सक्दैनौ 
खोइ यो कस्तो बाध्यता अनि विवशता हो 

कहिल्यै सकेनौ नारी को बस्ताबिकता देख्न अनि सकेनन् तिम्रा दृष्टि ले नारी को विनम्र  ओठको  भाव बुझ्न 

सकेनौ पहिल्याउन नारी को छातीमा रहेको हिमाल अनि हिमाल मुनी फलेका सन्जिबिनी चिपल्ट  उ स्वस्थानी कथा कति महिमा छ नारी को
तिम्रो त के कुरा महादेव ले पनि न सके जिउन न सके मर्न सती बिना को पल 

नारी कै बोली मा संसार झोलिन्छ ओको बोलिले संसार मोलिन्छ 
अरुले मानोस् नमानोस् 
नारी तिमी महान छौ तिमी संसार कै सृष्टि कर्ता हौ ममता कि खानी हौ 
सचिकै तिमी संसारकै अदभूत शक्ति अनि अनमोल उपहार

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार