• २०७७ असार २२ सोमबार

कोरोना भाइरसका जस्तोसुकै बिरामी पनि बचाउन सकिने औषधी भेटियो

कोरोना भाइरसको संक्रमणबाट सिकिस्त बिरामी भएका व्यक्तिहरूको जीवन बचाउन कोर्टिको स्टोरोइड समूहमा पर्ने डेक्सामेथासोन औषधी उपयोगी हुने विवरणहरू सार्वजनिक भएका छन् ।

बीबीसी न्यूजका अनुसार डेक्सामेथासोन कोरोना भाइरसका सिकिस्त बिरामीको उपचारका लागि जीवन बचाउने पहिलो औषधीको रुपमा प्रमाणित भएको छ ।

बेलायतका विज्ञहरूको भनाईलाई उद्धृत गर्दै बीबीसीले उक्त औषधीको कम डोजले पनि कोरोना संक्रमित बिरामीको उपचारका लागि उपयोगी हुने जनाएको छ ।

बेलायतमा भएको विश्वकै सबैभन्दा ठुलो ड्रग ट्रायलबाट उक्त कुरा प्रमाणित भएको हो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयको समूहले उक्त औषधीमाथि ट्रायल गरेको थियो ।

अस्पतालमा भर्ना भएका दुई हजार बिरामीमाथि डेक्सामेथासोन औषधी दिइएको थियो र उनीहरूलाई डेक्सामेथासोन औषधी नदिइएका चार हजार बिरामीसँग तुलना गरेर हेरिएको थियो ।

कोरोनाका भेन्टीलेटरमा राखेर उपचार गरिरहेका बिरामीहरूमा डेक्सामेथासोन औषधी दिदा ज्यान जाने जोखिम ४० प्रतिशतबाट २८ प्रतिशतमा झार्ने बिबिसिले उल्लेख गरेको छ ।

यस्तै अक्सिजनको आवश्यकता पर्ने कोरोना भाइरस संक्रमित बिरामीहरुमा डेक्सामेथासोन औषधी दिदा मृत्युको जोखिम २५ बाट २० प्रतिशतमा झार्ने बताइएको छ ।

अनुसन्धानमा सहभागि प्रध्यापक पिटर हर्वे भन्छन्, “यो हालसम्मकै एक मात्र औषधी हो, जसले कोरोना भाइरस संक्रमितको मृत्युदर घटाउने देखिएको छ । यो अहिलेसम्मकै सबैभन्दा ठुलो सफलता हो ।”

डेक्सामेथासोन विश्वका अधिकांश मुुलुकहरूमा सहज रुपमा सस्तो मुल्यमा उपलब्ध सुई र ट्याब्लेटको रुपमा उपलब्ध औषधी हो ।

यो औषधी अहिलेसम्म छालासम्बन्धी रोग, आस्थमा, घुडा सुन्निएको समस्या, रगतमा सुगरको मात्रा बढाउने प्रयोजनमा, स्वाँसप्रस्वाँस सम्बन्धी समस्या भएमा र केही क्यान्सर रोगको उपचारमा प्रयोग हुँदै आइरहेको छ ।

नेपाल औषधी उत्पादक संघका पूर्व अध्यक्ष दीपक प्रसाद दाहालका अनुसार नेपाली औषधी कम्पनिहरुले विदेशबाट कच्चा पदार्थ ल्याएर डेक्सामेथासोन औषधी उत्पादन गर्दै आइरहेका छन् ।

दाहालले नेपाली कम्पनिहरूले चाहिए जतिको परिमाणमा डेक्सामेथासोन औषधी उत्पादन गरिरहेको र आवश्यक परे उत्पादन बढाउन सक्ने बताए ।

“बजारमा यो औषधीको अभाव छैन,” उनी भन्छन्, “हामीलाई चाहिएको जतिको औषधी कम्पनि र बजारमा उपलब्ध छ ।”

उनका अनुसार ट्याब्लेटमा पाँचदेखि १० मिलिग्राम र इन्जेक्सनका लागि ४ मिलिग्रामसम्मको डेक्सामेथासोन औषधी नेपाली बजारमा उपलब्ध छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार