• २०७७ असार २२ सोमबार

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले बान्द्रामा रहेको आफ्नै घरमा आत्महत्या गरेका छन् ।  उनीले आइतबार बिहान मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

३४ वर्षीय सुशान्तले  के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुलेको बताइएको छ।उनी ६ महिनादेखि डिप्रेसनमा रहेको भन्दै प्रहरीले डिप्रेसनकै कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

टिभीबाट सिरियलबाट आफ्नो करियर सुरु गरेका सुशान्तले पछिल्लो केही वर्षमा ठूलो पर्दामा काम गरेका थिए । उनी बलिउडका चर्चित कलाकार मानिन्छन्।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार