• २०७७ असार १८ बिहीबार

एसपीका अङ्गरक्षक र चालकमा कोरोना पुष्टि

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

बुधबार सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले एसपी चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि गरेका हुन् । सङ्क्रमणको पुष्टि भएलगत्तै दुवै जनालाई सिरहा जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।

अङ्गरक्षक र चालकको पिसिआर टेष्ट पोजेटिभ पाइएपछि प्रहरी उपरीक्षक चतुर्वेदी पनि सेल्फ क्वारेन्टाइनमा बस्न थालेको प्रजिअ गुरागाईंले जानकारी दिए । गत जेठ ५, ६ र ७ गते सिरहाको चोहर्वास्थित बहादुर श्री शेर गणमा दुवै जनाको स्वाब सङ्कलन गरिएको थियो । सङ्कलन गरिएका स्वाबको गणपतिसहित अन्य सुरक्षा अधिकृत तथा सुरक्षाकर्मीको पिसिआर टेष्ट भने नेगेटिभ आएको छ ।

‘अझ पनि धेरै जनाको टेष्टको प्रतिवेदन आउन बाँकी नै छ’, प्रजिअ गुरागाईंले भने, 'अब अहिलेलाई सङ्क्रमित भएकाहरूको नजिकका सुरक्षाकर्मीहरूलाई अलग्याएर बाँकीलाई सुरक्षा गतिविधिमा खटाइने छ ।'

सिरहामा योसँगै अहिलेसम्म कोरोना सङ्क्रमण भएकाको सङ्ख्या ८ पुगेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार