• २०७७ जेठ १४ बुधबार

शिक्षण अस्पतालमा उपचाररत महिलामा कोरोना संक्रमण

काठमाडौं महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा ४ हुप्राचौर निवासी ५४ वर्षीया महिलामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम स्थित मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयू आइशोलेसनमा उपचार महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमित महिलाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । सुरूमा र्‍यापिड टेस्ट गर्दा नेगेटिभ देखिएकोमा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

महिलालाई कोरोना पुष्टि भएपछि सीसीयू र आइसोलेसन वार्ड सिल गरिएको छ । उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ । मुुटु रोगको बिरामी ती महिलालाई हेटौंडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरेको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार