• २०७७ जेठ १८ आइतबार

कपिलवस्तुमा वडाध्यक्ष र पत्रकारलाई कोरोना संक्रमण

कपिलवस्तुका एक जना वडाध्यक्षलाई कोरोना संक्रमणको पुष्टि भएको छ । शनिबार स्वास्थ्य कार्यालय कपिलवस्तुले देखिएको जानकारी अनुसार एक जना वडाध्यक्षमा कोरोना देखिएको हो । उनी वाणगंगा नगरपालिकाका रहेका छन् । साथै पुनः कपिलवस्तुमा अर्का एक जना पत्रकार संक्रमित पनि थपिएका छन् ।

यसअघि शुक्रबार दुई जना पत्रकारलाई कोरोना देखिएको थियो । शनिबार थप ८ जना संक्रमित थपिए मध्ये ६ जना वाणगंगा र २ जना बुद्धभूमिका रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ जना नै वाणगंगाका भनेपनि स्वास्थ्य कार्यालयले नाम भेरिफाई गर्दा २ जना बुद्धभूमिका रहेको पाइएको कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार