• २०७७ जेठ १४ बुधबार

एकैदिन १ लाख ७ हजारबढी कोरोना संक्रमित थपिए

करिब ३ लाख ४० हजारको मृत्यु

कोरोनाभाइरसबाट विश्वभरमा एकै दिन १ लाख ७ हजारबढी नयाँ संक्रमित थपिएका छन् । तथ्यांक संकलक वल्र्डवमिटरडटकमका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ६६४ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५३ लाख १ हजार १७७ पुगेको छ । साथै यस भाइरसबाट ३ लाख ३९ हजार ९०४ जनाको मृत्यु भइसकेको छ । 

कोरोना भाइरसलाई जितेर घर फर्कनेको संख्यामा पनि वृद्दि भएको हो । पछिल्लो २४ घण्टामा ७७ हजार बढीले यस भाइरसलाई जितेर घर फर्केका छन् । योसँगै निको हुनेको संख्या २१ लाख ५८ हजार ४६३ पुगेको छ । निको र मृत्यु हुनेबाहेक अहिले सक्रिय संक्रमितको संख्या २८ लाख २ हजार ८१० रहेको छ । तीमध्ये ४४ हजार ५८४ जना गम्भीर बिरामी रहेका छन् ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी अमेरिकामा ९७ हजार ६४७ जनाको ज्यान गइसकेको छ । साथै संक्रमितको संख्या १६ लाख ४५ हजार ९४ पुगेको छ । ४ लाख ३ हजार २०१ जना निको भएर घर फर्केका छन् भने १७ हजार १०९ जना गम्भिर अवस्थामा रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार