• २०७७ जेठ १४ बुधबार

३१ घण्टापछि उठ्यो क्रिमसन अस्पतालमा मृत्यु भएका शिक्षकको शव

 नेपालमा कोरोना भाइरसबाट मृत्यु भएका तेस्रो व्यक्तिको शव ३१ घण्टापछि उठेको छ । रुपन्देहीको क्रिसन अस्पतालको भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका शिक्षकको बिहीबार बिहान ७ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

उनको शव शुक्रबार दिउँसो २ बजे नेपाली सेना र नेपाल प्रहरीको टोलीले उठाएका हुन् । शव कसले उठाउने भन्ने विषयमा सहमति नहुँदा अस्पतालबाटै शव उठेको थिएन । नेपाली सेनाका बुटवलस्थित २२ नम्बर बाहिनीमा कार्यरत दुई जवान शव उठाउन सहमत भएपछि शवको अन्तिम संस्कार गरिएको हो ।

कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रले पनि अस्पतालबाट शव निकाल्न र अन्तिम संस्कारका लागि नेपाली सेनालाई अनुरोध गर्ने निर्णय गरेको थियो । अस्पतालको दुई तलामाथि रहेको आईसीयू कक्षमा पुगेर नेपाली सेनाको प्राविधिक टोलीले मृतकको शव निकालेर र्‍यापिङ गरी शब वाहनमा राखेर अस्पतालबाट अन्यत्र लगेको हो ।

शबवाहनलाई प्रहरीले स्टर्किङ गरेको थियो । संकट व्यवस्थापन केन्द्रको निर्णय, अनुरोध र आवश्यक तयारीपछि नेपाली सेनाको टिमले शव अस्पतालबाट निकाल्नेदेखि अन्तिम संस्कारका सबै काममा जिम्मेवारी अनुसारको भूमिका निर्वाह गरेको बाहिनीपति एवं सहायक रथी सुदर्शन सिलवालले बताए ।

केन्द्रको निर्णय अनुसार अस्पतालबाट शव निकाल्नेदेखि अन्तिम संस्कार अनुसार व्यवस्थापन गर्ने कार्य नेपाली सेनाको टिमबाटै भएको उनले बताए । नेपाली सेनासहित टोलीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको थियो ।

जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका उनमा जेठ ५ गते कोरोना पाजेटिभ पुष्टि भएको थियो । गाउँमा बसेका र भारतबाट आएका कसैसँग सम्पर्कमा नपुगेका ४१ वर्षका शिक्षकमा देखिएको कोरोना पोजेटिभ रिपोर्टबाट परिवारका सदस्य अचम्मा परेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार