• २०७७ जेठ १८ आइतबार

छक्का पञ्जा ३ डिशहोम सिनेमा घरमा

दर्शकले अत्यधिक रुचाएको लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ अव डिशहोम सिनेमा घर च्यानल नं. १०८ मा प्रदर्शन भइरहेको छ । ग्राहकहरूको मनोरञ्जनलाई ध्यानमा राखेर विगत तिन वर्ष देखी सिनेमा घर १०८ सञ्चालन गर्दै आएको डिशहोमले केही समय अगाडी सिनेमा घर ८८८ पनि सञ्चालनमा ल्याएको छ ।

यी दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने गर्छ ।  डिशहोमले सञ्चालनमा ल्याएको सिनेमा घरमा सिनेमा हलको पहुँच नभएका दूर दराजका ग्राहकहरूले छानी छानी नयाँ नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने छन् ।

९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमा घरमा प्रदर्शन भइरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्यूनतम शुल्कमा सिनेमा घर खुलाउन सकिन्छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार