• २०७७ जेठ १८ आइतबार

कोरोनाको आशंकामा रोनाल्डो क्वारेन्टाइनमा

चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा बसेका छन् । इटालियन क्लब युभेन्ट्सका सहकर्मी डेनियल रुगानिलाई कोरोनाभाइसको संक्रमण पुष्टि भएपछि रोनाल्डो क्वारेन्टाइनमा बसेका हुन् ।

एउटैटिमका खेलाडीलाई कोरोनाको संक्रमण देखिएपछि उनलाई पनि आशंकामा क्वारेन्टाइनमा राखिएको हो । ३५ वर्षीय रोनाल्डो आफ्नी आमालाई भेट्न पोर्चुगल पुगेका थिए । रुगानिको खबर सुनेपछि उनी इटाली जानु सट्टा आफ्नै देशमा क्वारेन्टाइनमा बसेका हुन् ।

रोनाल्डोलाई पोर्चुगल सरकारले चाहेको बेला इटाली फर्कनसक्ने अनुमति दिइएपनि कोरोना संक्रमणको आशंकापछि क्वारेन्टाइनमा राखिएको हो । इटालीमा कोरोना संक्रमण विकराल बनेपछि अहिले सिरी ‘ए’लगायतका सम्पूर्ण खेलहरु स्थगित छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार