• २०७५ चैत १० आइतबार

अनुप र सन्दिपाको  ‘तिमी र म’

चलचित्रको ‘कब्स को  ‘तिमी र म’ बोलको गीत  रिलिज भएको छ  । आर्या मुभिज र सारा श्री मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्र ‘कब्स’को पहिलो गीत आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि  सार्वजनिक गरिएको हो । यो गीतमा विजय घिमिरे र नीतु घिमिरेको स्वर, विजय घिमिरेको शब्द तथा संगीत छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अनुप विक्रम शाही र सन्दिपा लिम्बुलाई फिचरिङ गरिएको छ ।

चलचित्रमा अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी लगायतका कलाकारको मुख्य भूमिका छ । राम शाक्यले निर्माण गरेको चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन्  । चलचित्रमा सुशन प्रजापतिको छायांकन, शिशिर खातीको कोरियोग्राफी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार