• २०७६ मङ्सिर २४ मंगलबार

सिराहाबाट आयल निगमको ट्यांकर अपहरण

नेपाल आयल निगमको ट्याङ्कर सोमबार राती अपहरणमा परेको छ । अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको ट्याङ्कर सिराहाको लाहानबाट राति १ बजे अपहरणमा परेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

अमलेखगन्जबाट मङ्सिर १ गते निगमका ढुवानी कर्ता राजेश कुमार गुप्ताको नाममा करार सम्झौता भई सञ्चालनमा रहेको ट्रक नम्बर ना ४ ख ४१६३ ले २० हजार लिटर डिजेल ल्याएर आएको थियो । विराटनगर लैजाने क्रममा लाहान मूल राजमार्गको हुलाक कार्यालय अगाडी पार्किङ गरेको अवस्थामा ६ देखी ८ जना अपहरणकारीले चालक र सह चालकलाई आँखामा पट्टि बाँधी सुमो गाडीमा राखेर बर्दिबास र लालबन्दी बिचको जङ्गलमा छोडेको निगमको भनाइ छ । 

डिजेल रहेको ट्याङ्कर अपहरणकारीले नै चलाएर लगेका थिए । सो विषयमा ७ दिन भित्र प्रतिवेदन बुझाउन प्रादेशिक प्रमुख इन्जिनियर अशोक साहको संयोजकत्वमा ४ सदस्यीय छानबिन टोली गठन भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार