• २०७६ मङ्सिर २४ मंगलबार

छिमेकीको छोरासँग सम्बन्ध राखेको भन्दै आफ्नै छोरीको निर्मम हत्या

आफै प्रहरीलाई खबर गरेर अपराध स्वीकार

भारतको आगरामा छिमेकीको छोरासँग प्रेम सम्बन्ध राखेको भन्दै एक बाबुले आफ्नै २२ वर्षीया छोरीको निर्मम हत्या गरेका छन् ।

आगराको फिरोजावाद जिल्लास्थित सलिमपुर खुतियाना गाउँमा बिहान १.१५ बजे भएको घटनामा आरोपित हरिवंश कुमारले पहिले करेण्ट लगाएर अनि त्यसपछि ब्लेडले घाँटी रेटेर आफ्नै छोरी पुजा सिंहको निर्मम हत्या गरेका हुन् ।

हत्या गरेपछि हरिवंश आफैले प्रहरीलाई खबर गरेर अपराध स्वीकारेका थिए । उनले प्रहरीलाई छोरीको सम्बन्ध आफुलाई अस्वीकार्य भएको पनि बताएका थिए ।

मृतक पुजाले स्नातक तह सकेको र परिवारकी कान्छी छोरी रहेको बताइएको छ । पाँच सन्तान मध्ये उनी परिवारमा एक मात्र छोरी रहेको पनि त्यहाँका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना भएको बेलामा घरमा बाबुछोरी दुई मात्र रहेका थिए । प्रहरी घटनालाई “हनर किलिङ्ग” भएको बताएको छ ।

हनर किलिङ्ग भन्नाले परिवार वा समुदायको बेइज्जत गरेको भन्दै कसैको हत्या गर्नु हो । मुख्य रुपमा फरक जातकासँग प्रेम गरेको, समुदायको बेइज्जत गरेको, डिभोर्स गरेको, धर्म संस्कृतिलाई हानी पुर्याउने गतिविधि गरेको जस्ता कारण देखाउँदै यसरी हनर किलिङ्ग गरिन्छ ।

हनर किलिङ्गको नाममा उत्तर प्रदेशमा मात्रै विगत १८ महिनामा २३ जनाको मृत्यु भइसकेको छ । यस घटनामा मृतक र उनको प्रेमी भने एकै जातको थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार