• २०७६ मङ्सिर २४ मंगलबार

नेपाललाई ८ विकेटले हराउँदै बंगलादेश इमर्जिङ कपको सेमिफाइनलमा

काठमाडौँ, 
घरेलु टोली बंगलादेश नेपाललाई पराजित गर्दै एसीसी इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनलमा पुगेको छ । सोमबार नेपालमाथि ८ विकेटको सहज जित निकालेसँगै समुह चरणको तीनै खेलमा जित निकाल्दै समुह बीको विजेताको रुपमा बंगलादेश सेमिफाइनलमा पुगेको हो ।

नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन बनाए । नेपालका करण केसी र सुशन भारीले समान १/१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४।३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनाएको थियो ।

नेपालका लागि तल्लोक्रमका सोमपाल कामीले ६३ बलमा ४ चौका सहित ३८ रनको सर्वाधिक योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल १० रनमा आउट भए । त्यसपछि नेपालले लगातार विकेट गुमायो  । नेपालले ८५ रन जोड्दा ८ विकेट गुमाइसकेको थियो ।

तर, सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे । करण १८ रनमा आउट भए ।

बंगलादेशका सैयद मिन्हाजुल आबेदीनले १० ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । तनविर सिंहले १० ओभरमा २ मेडन सहित २६ रन खर्चेर २ विकेट लिए । सुमन खानले ८।३ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । मेहदी हसनले ९ ओभरमा १ मेडन सहित २५ रन खर्चेर २ विकेट लिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार