• २०७६ मङ्सिर २४ मंगलबार

बानेश्वरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु

काठमाडौँ।  महानगरपालिका– ३१ नयाँ बानेश्वरस्थित सडकमा बा९१प १७६६ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ । 

उक्त दुर्घटनामा गम्भीर घाइते भएका चालक बाजुरा दहकोट घर भएका ३२ वर्षीय गोकुलबहादुर रोकायाको नागरिक अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उदयपुरका १९ वर्षीय प्रदीप मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
    
यसैबीच काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका– ६ मूलपानी बस्ने ३४ वर्षीय सोनाम लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत छ जना गएराति पक्राउ परेका छन् । 

उनीहरुको साथबाट रु दुई लाख २० हजार नगद र १६ थान कौडा बरामद गरिएको प्रहरीले आज एक सूचनामार्फ जनाएको छ । उनीहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार