• २०७६ मङ्सिर २४ मंगलबार

के हो बालबालिकामा देखिने बेग्लै खालको मानसिक समस्या ‘मुड स्विङ’ ?

तपाईंले आफ्ना बच्चाको व्यवहारमा फरक पाउनुभएको छ रु छ भने सावधान हुनुहोस्, उनीहरूलाई बेग्लै खालको मानसिक समस्या पनि हुनसक्छ । त्यसलाई मनस्थिति परिवर्तन अर्थात् ‘मुड स्विङ’ भनिन्छ ।

विज्ञहरूका अनुसार यो बच्चाको मानसिकतासँग जोडिएको समस्या हो । अभिभावकलाई आफ्नो बच्चाको यस्तो मनोवृत्तिबारे थाहा छ तर के भएको, उपचार के छ ? यसबारे भने थाहा नभएका कारण पनि कतिपय अभिभावक दिक्क मान्ने गर्छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा। रवि शाक्यले बच्चाहरूमा छिनमै रिसाउने, हाँस्ने, भनेको नमान्नेजस्ता समस्या भएमा ‘मुड स्विङ’ हुनसक्ने जानकारी दिए ।

कतिपयले यस्ता बच्चालाई तह लगाउन गाली गर्ने, डर देखाउने वा कुट्ने गर्छन् तर यस्तो नगरी समयमा नै उपचार गर्नुपर्ने सुझाव उनको छ । “अभिभावकले बच्चालाई कुटेर र तर्साएर समस्याको हल हुँदैन,” उनले थपे, “हल नहुने मात्र होइन, त्यसले गम्भीर असर पु-याउन सक्छ ।” जानकारका अनुसार समस्या बच्चाको होइन, अभिभावकको पनि हुनसक्छ । अभिभावकले नै बच्चाका यस्तो मनस्थितिमा परिवर्तन ल्याउन सक्छन् ।

बालमनस्थितिलाई त्यसै रूपमा व्यवहार नगरी मेसिन वा यन्त्रका रूपमा व्यवहार गर्दा बालबालिकामा बारम्बार मनस्थिति परिवर्तनको समस्या आउन सक्छ । डा. शाक्यका अनुसार आमाको दूध नछाड्दै उनीहरूलाई शिशु कक्षामा पु¥याइन्छ । एक कक्षामा पुग्दा नपुग्दै उनीहरूलाई ट्युसन कक्षामा भर्ना गरिन्छ । कोचिङमा पठाइन्छ । खेल्ने, रमाउनेभन्दा पनि आमाबुवाको इशाराअनुसार चल्ने भएका कारण यस्तो समस्या देखेको उनले बताए ।

‘बच्चालाई बच्चा बन्न दिनुपर्ने’ सुझाव दिँदै उनी भन्छन्, “बच्चासँग बिताउने, बगैँचामा खेल्ने, साथमा रमाउनुपर्छ । हामीले यस्तो कार्य नगरेका कारण बच्चाहरू ‘मुड स्विङ’को समस्याले ग्रस्त हुने पनि डा. शाक्य बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार