• २०७६ कार्तिक २९ शुक्रबार

वीरगञ्जमा आन्दोलनरत मेडिकल विद्यार्थीमाथिको आक्रमणको विरोध (भिडियोसहित)

काठमाडौँ, 
चिकित्सा शिक्षा सङ्घर्ष समितिले नेश्नल मेडिकल कलेज वीरगन्जमा शान्तिपूर्ण आन्दोलन र सङ्घर्षमा उत्रिएका विद्यार्थीमाथि दुर्व्यवहार, कुटपिट र हातपात भएको भन्दै घट्नाको निन्दा गरेको छ । 

शुक्रवार काठमाडौँ पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले उक्त मेडिकल कलेजका सञ्चालककै उपस्थिति र निर्देशनमा जायज माग राखी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीहरूमाथि हातपात, कुटपिट, गालीगलौज, स्पिकर तोडफोड, ब्यानर च्यात्ने र विद्यार्थीको गाडी तोडफोडजस्ता अमानवीय र घृणित घटना घटाइएकोमा घोर भर्त्सना गरेको हो ।

पत्रकार सम्मेलनमा चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले हिजो भएको घट्नाको कडा निन्दा गरेका छन् । उनले मेडिकल माफियाहरूले राज्य संयन्त्रलाई नै प्रभावमा पारेर विद्यार्थीमाथि चरम दमन र शोषण गरेको हो भने आफूहरू सडक सङ्घर्षमा एप्रोसनसहित कडा रूपमा उत्रिने चेतावनी दिएका छन् । आफूहरूको माग पूरा नभएसम्म एम.बि.बि.एस.को पहिलो र दोस्रो वर्षको वार्षिक परीक्षा हुनै नदिने पनि उनले चेतावनी दिएका छन् ।

त्यस्तै, कार्यक्रममा सर्घष समितिका प्रवक्ता नरेश भट्टले पनि नेश्नल मेडिकल कलेज वीरगन्जमा हिजो घटेको घट्नाको निन्दा गरेका छन् । उक्त घट्नाबारे सरकारले तत्काल छानबिन गरी घट्नामा संलग्न जो कोही भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने समितिको माग छ । त्रिवि तथा काठमाडौँ विश्वविद्यालय अन्तर्गतका निजी मेडिकल कलेजका विद्यार्थीहरू विगत लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेका विकृतिहरू हटाउनको लागि सङ्घर्ष समिति आन्दोलित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार