• २०७६ कार्तिक २९ शुक्रबार

कास्की २ मा नेकपाबाट विद्याको नाम सिफारिस

काठमाडौँ, 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर–२ को उम्मेदवारका लागि विद्या भट्टराईको नाम सर्वसम्मत सिफारिस गरेको छ । भट्टराई तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् ।

अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाले भट्टराईको नाम सिफारिस गरेको हो । बुधबार मात्रै रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सो क्षेत्रका लागि रजनी केसीको नाम सिफारिस गरेको छ ।

आगामी मङ्सिर १४ गते देशभर ३७ जिल्लामा रिक्त पदहरुमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन र स्थानीय तहको प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार