• २०७६ कार्तिक २९ शुक्रबार

तिहार, छठ र नेपाल संवतको अवसरमा टेलिकमको सेवामा छुट

काठमाडौँ, 

नेपाल टेलिकमले तिहार, छठ र नेपाल संवतका अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ । सो अवसरमा मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । यो भन्दा पहिले देखि नै उपलब्ध फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफरहरुलाई समेत निरन्तरता दिइएको छ । जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ ।

आगामी कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोस बाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस योजनामा ५० सय, १ सय र २ सयको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र ५ सय र १ हजारको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । ५०, १०० र २०० को बोनस ३ दिन भित्र र ५ सय र १ हजार को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट १० रुपैयाँ देखि ४ सय ९९ रुपैयाँ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र ५ सय वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ ।

सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ । फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । ग्राहकले *४४४# डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सकिनेछ । पहिलो पटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *४४४# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सकिनेछ ।

पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने छ । आफ्नो मोबाइलमार्फत *1१४००# डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ । प्रिपेड नम्बरमा पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सकिनेछ ।

आफ्नो मोबाइलमार्फत *१४००# डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca  लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ । कम्पनीको इन्टरनेट/इन्ट्रानेट लिज लाइन सेवा लिने नयाँ ग्राहकहरुलाई दर्ता शुल्क ३ सय २० रुपैयाँ आगामी छठसम्म निःशुल्क गरिएको छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले  *१४००# मा डायल गर्नु पर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार