• २०७६ मङ्सिर ४ बुधबार

प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्ने विप्लव समूहका ४ जना कार्यकर्ता ललितपुरबाट पक्राउ

ललितपुर, 
प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउन खोज्ने विप्लव समूहका ४ कार्यकर्ता ललितपुरको लुभुबाट पक्राउ परेका छन् ।  

बिहीबार साँझ प्रधानमन्त्री ओलीको पुत्ला जलाउने तयारीमा रहेका ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए । उनीहरु विप्लव समूहका जिल्ला कमिटी सदस्य रहेको डीएसपी तामाङले बताए ।

पक्राउ पर्नेमा पाँचथर घर भई ललितपुर धापाखेल बस्ने निकुम्ज सेवा, काभ्रे घर भई ललितपुर महानगरपालिका २८ बस्ने जीतबहादुर खपांगी, भक्तपुर ब्यासी घर भई धापाखेल बस्ने विजेशप्रसाद ढकाल र भोजपुर घर भई काठमाडौं काँडाघारी बस्ने पेम्बा जम्बु शेर्पा रहेका छन् । उनीहरुलाई जिल्ला अदालत ललितपुरले सार्वजनिक स्थानमा शान्ति खलल गरेको कसुरमा ७ दिनको म्याद थपेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार