• २०७६ कार्तिक २९ शुक्रबार

प्रहरीले बुझायो महरा प्रकरणको अनुसन्धान प्रतिवेदन

काठमाडौँ, 
पूर्व सभामुख कृष्णबहादुर महराबाट संसद सचिवालयकी एक महिला माथि दुव्र्यबहार भएको भन्ने आरोपका सम्बन्धमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको छ ।

प्रहरीले आफ्नो प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाएको महानगरीय अपराध अनुसन्धान महासशाका डीएपी हमिन्द्र बोगटीले बताए । त्यस्तै महराको डीएनए परीक्षण लगायतका विषयमा भने प्रक्रिया अगाडि बढेको बताए । उनले भने, अदालतबाट भएका आदेश कार्यान्वयनको क्रममा छन् । उनले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा अध्ययनका क्रममा रहेकाले त्यसमा भएका कुरा सार्वजनिक गर्न नसकिने बताए ।

बिहीबार प्रहरीले तेस्रो पटक काठमाडौं जिल्ला अदालत समक्ष महरालाई थुनामा राखी अनुसन्धान गर्न समय थप गर्न र डीएनए टेस्ट गर्न आदेशको माग गरेको थियो । साथै अदालतले थप सात दिन थुनमा राख्न दिनुका साथै डीएनए टेस्ट गर्न दिन आदेश गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार