• २०७६ कार्तिक २९ शुक्रबार

एएफसीले एन्फालाई तिरायो १० हजार डलर जरिवाना

 काठमाडौँ, 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले लाखौं रुपैंयाँ जरिवाना वापत तिर्नुपर्ने भएको छ । एन्फालाई गलत काम गरेको भन्दै १० हजार अमेरिकी डलर जरिवाना गरिने भएको छ । गलत तरिकाले क्लव लाइसेन्स वितरण गरेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी०ले अखिल नेपाल फुटबल संघ एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गर्ने भएको हो।  

मलेसियाको क्वालालाम्पुरस्थि एएफसीको केन्द्रिय कार्यालयमा बसेको एएफसीको अनुशासन तथा आचार समितिको बैठकले एन्फालाई १० हजार आर्थिक जरिवाना गर्ने निर्णय गरेको   हो । एएफसीका अनुसार क्लब लाईसेन्सिङ नियमावली अनुसार एन्फा गलत छ । एन्फाले गलत तरिकाले क्लबलाई लाईसेन्स दिएको एएफसीले उल्लेख गरेको छ । 

फिफाले २०१९ भित्र आफ्ना सदस्य राष्ट्रलाई क्लब लाईसेन्सिङ प्रणाली लागु गर्न दिएको निर्देशनको पालना गर्नेक्रममा एन्फा गल्ती  गरेको एएफसीको ठहर छ । एन्फाले ए डिभिजन लिग खेल्ने ९ क्लबलाई लाईसेन्सका लागि प्रस्ताव गरेको थियो ।

सोही अनुसार एएफसीले नेपालका ९ क्लबलाई क्लब लाईसेन्स प्रदान गरेको थियो । एएफसीले क्लब लाईसेन्स पाएका टिमलाई मात्र एएफसीको आधिकारिक प्रतियोगितामा सहभागीता गराउदै आएको छ ।

स्रोतका अनुसार एएफसी कफ खेलेको ए डिभिजन लिग च्याम्पियन  मनाङ सहित तीन क्लबको अडिट रिपोर्ट जाँचको क्रममा न्युनतम शर्त समेत पुरा नगरि क्लब लाईसेन्स सिफारिस गरेको पाइएको छ । क्लब लाईसेन्सका लागि आवश्यक शर्त समेत पुरा नगरेका क्लबलाई लाईसेन्स वितरण गरेपछि एएफसीले एन्फालाई १० हजार डरल अर्थात् १० लाख  बढी नेपाली रुपैयाँको आर्थिक जरिवाना गरेको हो ।

एएफसीले सोही गल्ती पुन दोहरिए दुई बर्षको प्रतिबन्ध सहित ३५ हजार डलर भन्दा बढी जरिवाना गर्ने चेतावनी एन्फालाई दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार