• २०७६ कार्तिक २९ शुक्रबार

‘घामड शेरे’ का कारण एक सातापछि धकेलियो ‘सरौतो’

काठमाडौँ, 
कात्तिक २२ गतेलाई प्रदर्शन मिति पक्का गरेको चलचित्र ‘सरौतो’ले आफ्नो रिलिज मितिलाई एक साता पछाडि सारेको छ । आजबाट प्रदर्शनमा आउने तय भएको अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘घामड शेरे’ हुत्तिएर कात्तिक २२ मा पुगेपछि अभिनेत्री सुमी मोक्तान स्टारर फिल्म ‘सरौतो’ एक साता पछाडि सरेको हो ।

एकै मितिमा धेरै फिल्म रिलिज हुने भएपछि यो फिल्मले कात्तिक २९ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । तर, यो मितिमा पनि फिल्मले सोलो रिलिज भने पाउने छैन । यो मितिमा ‘माछा माछा र मिस्टर नेपाली’ रिलिजका लागि तयार छन् । फिल्मको रिलिज एकहप्ता पछाडि धकेलिनुको कारणबारे जानकारी दिँदै निर्देशक हर हुमागाईंले भने, ‘हामीले घोषणा गरेको मितिमा एकसाथ धेरै फिल्म हुने भएपछि र ‘घामड शेरे’ को रिलिज फेरबदलका कारण ‘सरौतो’ को रिलिज हेरफेर गरेका हौं ।’

यो फिल्मको गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । एक्सन जनरमा निर्माण भएको यो चलचित्रमा सुमी, सन्नी सिंह, लियो ट्यांक, आमिर गौतम, धिरेन शाक्य, विजय लामा, युवराज लामा, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ ।  बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन छ ।

निर्देशक हुमागाईंले यो फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको फिल्ममा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार