• २०७६ मङ्सिर ४ बुधबार

‘ब्ल्याक बोर्ड’ बनाउँदै ‘इकु’

काठमाडौँ, 
नेपाली कथानक चलचित्र 'ब्ल्याक बोर्ड' निर्माणको घोषणा गरिएको छ । भरतपुरको धावन रिक्रयशन सेन्टरमा चलचित्र युनिटले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

बाल मनोविज्ञानमा आधारित रहेर निर्माण गर्न लागिएको चलचित्रमा नेपाली समाजमा अभिभावकहरुले आप्mना सन्तानहरुको हेरविचार गर्न नसक्दा उत्पन्न हुने असर र समाधानका उपायहरुको खोजी गरिने चलचित्रका निर्देशक सुलेमान शंकर (इकु)ले बताए । इकु यसै चलचित्र मार्फत पहिलो पटक निर्देशकीय भुमिका देखिएका छन् । चलचित्र ब्ल्याकबोर्डमा इकुबाहेक सरोज खनाल, निर्मल शर्मा (गैंडा), शिशिर भण्डारी, अशु न्यौपाने भेषराज गौतम साथै बाल कलाकार दिक्पाल गौतम, जेनिश थपलिया, रक्षा कंडेल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

सम्मान इन्टरटेनमेन्ट र एस. एम. एस फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा अर्जुन सापकोटा र सर्वाणि पाण्डे प्रस्तुतकर्ता रहेका छन् । चलचित्र ब्ल्याकबोर्डको कथा किरण माईकल घिमिरे र सुदिप आत्रेय लेखेका हुन् भने क्रियटिभ हेडको जिम्मेवारी सशान कंडेलले सम्हालेका छन् । जनक थपलिया र रविन लिवाङ कार्यकारी निर्माता रहेको चलचित्रमा सम्मान कंडेल, निरभिङण घिमिरे, सुरेश कंडेल र सरला पाण्डे निर्माता रहेका छन भने सह–निर्मातामा प्रकाश लामा, विशाल पौडेल र प्रियान्स कंडेल रहेका छन । चलचित्रमा किरण माइकल घिमिरेको संगित रहनेछ ।

१ महिनापछि छायांकन हुने चलचित्रको ९० प्रतिशत अंश चितवन-नवलपरासीमा हुने र बाँकी १० प्रतिशत अंश काठमाडौँमा हुने निर्माण पक्षले जानकारी दिएको छ । सुरुवाती समयमा विभिन्न शैक्षिक संस्था र विदेशमा च्यारिटी शो पश्चात चलचित्रमा हलहरुमा प्रदर्शन हुने निर्माण युनिटले बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार