• २०७६ कार्तिक २९ शुक्रबार

अबदेखि मोबाइल एप्सबाट ठगीको उजुरी गर्न सकिने

के तपाईलाई आफूले प्रयोग गरेको सेवाको गुनासो कसरी गर्ने भनेर सोच्दै हुनुहुन्छ ? त्यसो हो भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयले उपभोक्ताको गुनासो सुन्ने एप्स सार्वजनिक गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले शुक्रबार एप्स सार्वजनिक गरेको हो । सो एप प्रयोग गर्ने तपाईले कन्जुमर कम्प्लेन एप ‘उपभोक्ता गुनासो एप्स’ एप्स स्टोरबाट डाउनलोड गर्न सक्नु हुनेछ ।

उपभोक्ताहरुलाई आफ्नो अधिकार संरक्षणका लागि जागरुक बनाउ, विभागले उपभोक्ताको अधिकार र संरक्षणको कार्यमा सक्रिय पारदर्शी र जिम्मेबार बनाउन एप्स सार्वजनिक गरेको हो । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित एक कार्यक्रममा विभागीय मन्त्री मातृकाप्रसाद यादवले मोबाइल एप्सको शुभारम्भ गरे । 

एप्सको उद्घाटन गर्दै मन्त्री यादवले उपभोक्ताको हक–अधिकार संरक्षण गर्न र विभागमार्फत जनताको कामलाई बाध्यकारी बनाउन एप्स महत्वपूर्ण भएको बताए । त्यसको लागि मोबाइलमा एप्स डाउनलोड गर्ने अथवा आफ्नो मोबाइलबाट एसएमएस गर्न सकिने विभागले जनाएको छ । सोही गुनासोको आधारमा त्यसको वास्तविकता बुझेर विभागले कारवाही गर्ने प्रकृया अघि बढाउने छ ।

जति धेरै गुनासो त्यतिनै धेरै सक्रियता हुने भएकाले उपभोक्ताको गुनासोका आधारमा व्यवसायीको व्यवसायिक क्रियाकलाप र बजार स्वस्च्छ तथा उपभोक्तामुखी बन्दै जाने विश्वास विभागले गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार