• २०७६ कार्तिक २९ शुक्रबार

जिप्रका बाराले मात्रै ३ महिनामा ३ करोड बढीको तस्करीको सामान समात्यो

बारा, 
जिल्ला प्रहरी कार्यालय बाराले तीन महिनामा तीन करोड बढीको राजश्व छली गरी लुकाएका विभिन्न मालसमान पक्राउ गरेको छ ।

चालुआर्थिक वर्ष ०७६/०७७ को साउनदेखी असोज मसान्तसम्म भारतीय बजारबाट राजश्व छलेर नेपालमा भित्राएका विभिन्न मालसमान सहित १९ जनालाई पक्राउगरी आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग कार्यालय पथलैया तथा वीरगञ्ज भन्सार पठाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले शुक्रबार पत्रकार सम्मेलनगरी गए राती लुकाएर राखिएको साढे ३९ लाख ४६ हजार ६१ रुपियाँ मुल्य बराबरको कपडा घरबाट बरामदगरी सार्वजनिक गरेका छन् ।

सुराकीले दिएको सूचनाको आधारमा जिल्लाबाट गएको प्रहरीको टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर–११ भगवानपुर टोल निवासी संजय जैसवालको घरमा लुकाएर राखिएको सो मुल्य बराबरको कपडा सहितको माल समान बरामद गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक खनालले बताए ।

जैसवालको घरबाट बिभिन्न किसिमको कपडा, साडी, सुटिङ्ग, सर्टिङ्ग, कुर्ता, सुरुवाल, लहँगा, गम्छा, बच्चाको सुट लगायत सहितका समान बरामद भएको हो । बरामद भएको मालसमान आवश्यक कारवाहीको लागि आजै वीरगंज भंसार कार्यालय पर्सामा पठाउने प्रहरी प्रवक्ता एव् प्रहरी नायब उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिए ।

एक साता भित्रमा प्रहरीले ३४ लाख मुल्य बराबरको कपडा यसरीनै बरामद गरेको छ भने सशस्त्र प्रहरी बल कोहल्वीले ७७ किलो गाजा सहित दुई जनालाई पक्राउगरी आवश्वक कारवाहीको प्रकृया बढाइएको बारा प्रहरीले जनाएको छ । खुल्ला सीमाको कारण प्रायः दशगाजा क्षेत्रका केही स्थानीयहरुले तस्करीगरी जीवनयापन गर्ने व्यवसाय नै चलाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार