• २०७६ कार्तिक २९ शुक्रबार

अवैध साढे २३ लाख नेपाली नोटसहित पर्साबाट पाँच पक्राउ

काठमाडौँ, 

अवैध नेपाली रुपैयाँसहित प्रहरीले पाँच जनालाई पर्साबाट पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । 

२३ लाख ५० हजारभन्दा धेरै अवैध नेपाली नोटसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्र शाहीले जानकारी दिए । पक्राउ पर्नेमा २ भारतीय र ३ नेपाली रहेको प्रनाउले शाहीले बताए । 

पक्राउ पर्नेमध्ये भारतको पूर्वी चम्पारण थाना सुगौली ८ का ४६ वर्षीय गोपाल प्रसाद अग्रवाल र भारत रामगढवा थाना ग्राम रामगढवा बस्ने ६० वर्षीय सकिर मिया रहेका रहेका छन् ।

यस्तै, बाराको खटुवा प्रसौनी गाउँपालिका २ अहिर्वाटोलका ३२  वर्षीय वीरेन्द्र साह, बारा गढिमाई गाउँपालिका २ दौरुवाटोलका २६ वर्षीय सनि जैसवाल र वीरगन्ज महानगरपालिका १४ का २५ वर्षीय मन्टु कुमार साह रहेको छन् ।  

सीमा नाकामा नेपालतर्फ आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । अभियुक्तलाई थप अनुसन्धान गरी आवश्यक कारबाही प्रकृया अगाडी बढाइने प्रक्रिया सुरु भएको प्रहरीले बताएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार