• २०७६ मङ्सिर ४ बुधबार

मार्सियालको गोलमा म्यानचेस्टर विजयी

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा सर्वियन क्लब पार्टीजान बियोग्राडलाई पराजित गरेको छ । बिहीबार राति भएको समूह ‘एल’ को खेलमा युनाइटेडले पार्टिजनलाई १–० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा एन्थोनी मार्सियलले गोल गरे ।

 खेलको ४३ औं मिनेटमा युनाइटेडले पाएको पेनाल्टीको सदुपयोग गर्दै मार्सियलले गोल गरे । यो गोलसँगै युनाइटेडले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । 

५३औं मिनेटमा सिदौउवा सुमाहको प्रहार युनाइटेडका गोलरक्षक सर्जियो रोमेरोले बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड १–० ले विजयी हुन सफल भयो । जितसँगै समूह ‘एल’ मा युनाइटेड ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पार्टीजान ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार