• २०७६ कार्तिक २९ शुक्रबार

यूकेको एसिक्समा कन्टेनरभित्र मृत फेला परेका ३९ जना नै चिनियाँ

यूकेको एसिक्समा एउटा लरी कन्टेनरभित्र फेला परेका ३९ वटा शव चिनियाँहरू भएको खुलेको छ।

पूर्वी ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा स्थानीय समयानुसार बुधवार १:४० बजेतिर त्यहाँ शव भएको सूचना पाएपछि एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेको थियो। हत्याको आशङ्कामा नोर्दन आयरलन्डका २५ वर्षीय लरी चालक मो रोबिन्सनलाई पक्राउ गरिएको थियो। रोबिन्सन अझै प्रहरी हिरासतमा रहेका छन्।

एसिक्स प्रहरीका अनुसार उक्त लरी बल्गेरियाबाट हिँडेको र एङ्गलसीको हलिहेड हुँदै शनिवार ब्रिटेन छिरेको थियो। वाटरग्लेड औद्योगिक क्षेत्रकोकन्टेनरमा ३८ जना वयस्क र एक किशोरको शव भेटिएको प्रहरीले जनाएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार