• २०७६ मङ्सिर ४ बुधबार

च्याम्पियन्स लिगमा मेसीको कीर्तिमानमा बार्सिलोनाको जित

च्याम्पियन्स लिग फुटबलमा कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा बार्सिलोनाले स्लाविया प्रागमाथि संघर्षपूर्ण जित निकालेको छ ।

च्याम्पियन्स लिगअन्तर्गत समूह ‘एफ’ को खेलमा बार्सिलोनाले बुधबार राति उसैको घरेलु मैदानमा स्लावियालाई २–१ गोलले पराजित गरेको हो । यस खेलमा मेस्सीले च्याम्पियन्स लिगमा लगातार १५ सिजनमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन्। च्याम्पियन्स लिगमा उनी यस्तो गर्ने पहिलो खेलाडी हुन्। 

खेलको तेस्रो मिनेटमा नै मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ब्रासिलोनाको सो अग्रतालाई प्रागले ५० मिनेटमा बराबरी गरेको थियो। प्रागका लागि सो गोल बोरिलले गरे। त्यसपछि १-१ को बराबरीमा पुगेको खेलमा प्रागका खेलाडी ओलायिन्काले ५५ औं मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोना २–१ गोलअन्तरले अघि रह्यो ।

बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि बार्सिलोनाले जित हात पारेको हो । जितसँगै बार्सिलोना आफ्नो समूहको शीर्ष स्थानमा रहेको छ। उसले ३ खेलबाट ७ अंक जोडेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार