• २०७६ मङ्सिर ४ बुधबार

चाबहिलमा घर भत्काउँदा घाइते भएका तामाङको मृत्यु

काठमाडौँ,  
बुधबार दिउँसो  चाबहिलस्थित मूल सडकमै घर भत्काउने क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ।  

महनागरीय प्रहरी वृत्त गौशालाका डिएसपी प्रदिपकुमार सिंहका अनुसार घाइतेमध्ये २६ वर्षीय दीपक तामाङको मृत्यु भएको हो। तामाङको मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

उनको टाउकोमा गम्भीर चोट लागेको थियो। घर भत्काउने क्रममा घाइते भएका मध्ये दुईजना घर फर्किसकेका छन् भने अर्का एक घाइतेको  सोही अस्पतालमा उपचार भइराखेको छ। 

मृतक तामाङ सोही घर भत्काउन खटेका मजदुर हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

समाचार