• २०७६ मङ्सिर ४ बुधबार

एमबाप्पेको ह्याट्रिकमा पीएसजीको फराकिलो जित

स्टार फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिक सहयोगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले युइएफए च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ । च्याम्पियन्स लिग अन्तरगत मंगलबार भएको समूह 'सि'को खेलमा पिएसजीले बेल्जियन क्लब ब्रगमाथि ५-० को फराकिलो जित हासिल गरेको हो ।

पिएसजीको जितमा एमबाप्पेले ह्यट्रिक तथा मोउरो इकार्डीले २ गोल गरे। ५ गोलमा पिएसजीले १ गोल पहिलो हाफमा गरेको हो भने बाँकी चार गोल खेलको दोश्रो हाफमा गरेको हो । एमबाप्पे दोश्रो हाफमा मैदान छिरेका थिए। खेलको सातौं मिनेटमा इकार्डीले एन्जल डी मारियाको पासमा गोलगर्दै पीएसजीलाई अगाडी बढाए ।

६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ६३औं मिनेटमा इकार्डीले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गरे । ७९औं मिनेटमा एमबाप्पेले डि मारियाको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा ८३औं मिनेटमा डि मारियाकै पासमा अर्को गोल थप्दै एमबाप्पेले ह्याट्रिक पूरा पूरा गरे । ह्याट्रिकसँगै ब्रग ५ ० को फराकिलो अन्तरले पराजित भयो।

जितसँगै समूह ‘ए’ मा अपराजित रहेको पीएसजीले ३ खेलबाट ९ अंक जोडेको छ । क्लब ब्रग २ अंक जोडेर तेस्रो स्थानमा छ । रियाल म्याड्रिड ४ अंक जोडेर दोस्रो तथा गालाटासारे १ अंक जोडेर पुछारमा छ । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार