• २०७७ जेठ २३ शुक्रबार

दुई अन्तराष्ट्रिय एयरलाइन्सलाई नेपाल उडान अनुमती, थप एकको प्रक्रिया अन्तिम चरणमा

काठमाडौं, 

नेपाल भ्रमण वर्ष नजिकिदै गर्दा तीन अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान शुरू गर्ने भएका छन् । कुवेतको जजिरा एयरवेज तथा भारतका दुई- स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयर नेपालमा आफ्नो सेवा शुरू इच्छुक देखिएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पाइस जेट र जजिरा एयरवेजलाई नेपालमा उडान गर्ने अनुमति दिइसकेको छ । त्यस्तै, भिस्तारालाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकरणले बताएको छ। प्राधिकरणका अनुसार स्पाइस जेट र जजिराले मङ्सिर पहिलो हप्ता (नोभेम्बर २०/२१) देखि नेपालमा उडान गर्नेछन् ।

स्पाइस जेटले काठमाडौं-नयाँ दिल्ली-मुम्बई र भिस्ताराले काठमाडौं-नयाँ दिल्ली रूटका लागि १ महीनाअघि निवेदन दिएका थिए । पहिला काठमाडौं-दिल्ली उडान गर्दै आएको स्पाइस जेटले अहिले मुम्बईमा समेत उडान गर्ने अनुमति प्राधिकरणबाट पाएको छ । प्राधिकरणका अनुसार स्पाइस जेटले साताको सातै दिन उडान गर्ने अनुमति पाएको छ ।

स्पाइस जेटका लागि काठमाडौं नयाँ रूट होइन । यसअघि २०६५ देखि काठमाडौं-नयाँ दिल्ली उडान शुरू गरेको स्पाइसले २०७२ पछि यस रूटमा उडान बन्द गरेको थियो । त्यस्तै, भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको लगानी रहेको भिस्ताराले काठमाडौं-दिल्ली उडान मङ्सिरदेखि शुरू गर्ने प्रस्ताव गरे पनि प्राधिकरणले अहिले उसको प्रस्ताव अध्ययन गरिएकाले केही ढिला हुनेछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार