• २०७६ कार्तिक २९ शुक्रबार

मन्त्री महासेठ छिट्टै जेल जाने नेकपाका नेताको ठोकुवा

धनुषा,

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सम्पत्ति शुद्धिकरण भएमा जेल जाने पक्का भएको नेकपाका नेताले बताएका छन् । नेकपाका नेता रामचन्द्र झाले सम्पति शुद्धिकरण भएमा मन्त्री महासेठ जेल जाने पक्का गरेका हुन् । 

भ्रष्टाचारको कारण जेल नै चलान हुने ठोकुवा गरे ‘ठूलाबडा समेत जेलमा रहेकाले महासेठ जादैनन् भनेर दम्भ देखाउनु गलत हो । छिट्टै उनी जेल जाने छन्’ उनले भने । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धनुषा जिल्लामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले एक्लौटीरुपमा मनोमानी गरेपछि विपरीत धु्रवमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव र नेता रामचन्द्र झा ठाउँमा उभिएका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री यादव र नेता झा दुबैले मन्त्री महासेठ विरुद्ध बोलेका छन् ।

‘केही ठूलाबडा मन्त्री र ठुलाबडा नेताहरुको आलोचना गर्दा दुरी बढाउने गरेको देखिन्छ । जबकी बैचारिक बहस छलफलमा दुरी बढ्नु स्वाभिक नै हो । तर यहाँ आफ्नै कामरेडलाई हत्या गर्दासम्म चुप लागेर बस्छन् । यो कस्तो बिडम्वना ? मन्त्री यादवले थपे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार