• २०७६ कार्तिक २९ शुक्रबार

काठमाडौं डब्लुसील क्रिकेटको फाइनलमा

काठमाडौँ, 
क्याट क्विन्स काठमाडौं  र चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग डब्लुसील क्रिकेटको फाइनल खेल्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको इलिमिनेटरमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौंले फाईनलमा चितवन सँगको भेट पक्का गरेको हो । चितवन लिगको शीर्ष स्थानमा रहदै यसअघिनै फाइनल पुगिसकेको छ । 

विराटनगरले दिएको ६९ रनको सामान्य लक्ष्य काठमाडौंले ९ दशमलव ५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।  काठमाडौंका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३४ रन जोड्दा अप्सरी बेगमले अविजित २७ रनको योगदान गरिन् । 

यसअघि पहिलो बलमा रोमा थापा सुन्य रनमा आउट भएकि थिइन् । विराटनगरकी सोनु खड्काले १ विकेट लिईन् । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ दशमलव ३ ओभरमा अलआउट हुँदै ६८ रन बनाएको थियो । विराटनगरका लागि सोनु खड्काले सर्वाधिक ३४ रन जोडिन् । विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले ४ विकेट लिईन् । प्रतियोगिताको फाईनल खेल बिहिवार हुनेछ ।  

विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छ । उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, बेस्ट बलर र ब्याट्सवुमनले पनि पुरस्कार पाउनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार