• २०७६ मङ्सिर ४ बुधबार

फिलिपिन्सका नौ हजार प्रहरीलाई कारबाही

मनिला,

फिलिपिन्समा पछिल्ला केही बर्षमा नौ हजारभन्दा बढी प्रहरीलाई कारबाही भएको अधिकारीहरुले जनाएका छन् । फिलिपिन्सको राष्ट्रिय प्रहरीले सन् २०१६ को जुन ३० देखि अहिलेसम्म ९ हजार १ सय ७२ जना प्रहरीलाई कारबाही गरिएको जनाएको हो ।

कारबाहीमा परेका प्रहरीको संख्या कुल प्रहरीको संख्याको ४.७ प्रतिशत रहेको पनि प्रहरी उच्च अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । कार्यवाहक प्रहरी प्रमुखले सोमबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार खराब तथा भ्रष्ट प्रवृत्तिका कारण ती प्रहरीहरू कारबाहीमा परेका हुन् । प्रहरीका लेफ्टिनेन्ट जनरल फ्रान्सीस्को गाम्बोआले कारबाहीमा परेकामध्ये दुई हजार ८०६ जनालाई सेवाबाटै निस्कासन गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी अरु ५३५ जनलाई घटुवा गरिएको, ४७ सय २१ जनालाई निलम्बन गरिएको, ७ सय ६२ जनालाई नसियत दिइएको, ६० जनालाई चार महिनाका लागि निस्कासन गरिएको, २०८ जनाको तलब रोक्का गरिएको र ८० जनालाई अधिकारबिहीन गराइएको उहाँले बताउनुभयो । निस्कासनमा परेकामध्ये केही प्रहरी लागुऔषधको कारोबारमा संलग्न भएको पाइएको गोम्बोआले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०१९ को नौ महिनामा मात्रै २२ सय ८६ जना यसैखालका कारबाही भएका छन् ।

फिलिपिन्समा सरकारले लागूऔषध विरुद्धको कारबाही अभियानलाई तीव्रता दिइरहेको छ भने त्यसमा संलग्न देखिएका प्रहरी तथा अन्य सरकारी अधिकारीहरू पनि कारबाहीमा परेका हुन् । यस्तो कारबाही अभियान निरन्तर रहेको अधिकारीहरूले जनाएका छन् । –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार