• २०७६ मङ्सिर ४ बुधबार

नागढुङा सुरुङमार्गको प्रधानमन्त्री ओलीद्धारा शिलान्यास

काठमाडौँ, 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी जोड्ने देशकै महत्त्वपूर्ण सडक मार्ग नागढुङ्गा सुरुङमार्गको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार विशेष कार्यक्रममा सुरुङमार्गको शिलान्यास गरेका हुन । सुरुङ खन्ने काम आजबाट सुरु भएको छ ।

यो पहिलो सुरुङमार्ग रहेको छ ।  सुरुङको लम्बाइ २.६८ किलोमिटर लामो छ ।  ४२ महिनाभित्र सुरुङमार्गको काम सक्ने गरी जापानको हाज्मा कर्पोरेसनसँग ठेक्कासँग ठेक्का सम्झौता भएको छ । चन्द्रागिरि नगरपालिका—१ को टोटेपाखादेखि धादिङको ढुनीबेंसी नगरपालिका—९ सिस्ने खोलासम्म पुग्ने सुरुङमार्ग अघि बढाइदैछ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को साढे १६ अर्व रुपैयाँ सहुलियत ऋण र ६ अर्व नेपाल सरकारको गरी साढे २२ अर्व रुपैयाँमा सुरुङमार्ग आयोजना अघि बढेको हो । काठमाडौँ उपत्यकाभित्रको ट्राफिक जाम आधा कम हुने भएको छ ।

देशका विभिन्न जिल्ला हुँदै राजधानी काठमाडौँ प्रवेश गर्ने महत्त्वपूर्ण सडक नौबिसेदेखि नागढुङ्गासम्म अहिले सवारी चापका कारण लामो समय जाममा पर्ने गरेको छ । 

सुरुङमार्ग बनेपछि अहिलेको नौबिसे—नागढुंगा सडकमा हुने जाम, जोखिम र समयसँगै यात्रा छोट्टिने आयोजना पक्षले दाबी गरेको छ । अहिले नौबिसेदेखि नागढुङ्गासम्म सबै खाले सवारी आइपुग्न ४५ मिनेटदेखि १ घण्टा लाग्छ ।

त्यो पनि, जाम र कुनै सवारी बिचमै नबिग्रेको खण्डमा । यता, सुरुङमार्ग बनेमा त्यो दुरी १० देखि १५ मिनेटमै छोट्टिने नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख श्याम प्रसाद खरेलको भनाइ छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार