• २०७६ मङ्सिर ४ बुधबार

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

काठमाडौँ, 
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट अध्यक्षमा कुमार पन्त विजयी भएका छन्।

अध्यक्षका अर्का प्रतिस्पर्धी कुल आचार्यलाई १११ मतले हराउँदै पन्त विजयी भएका हुन्। गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् सन् १९९९ देखि जर्मनीमा व्यवसायरत छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए । निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ।

यस्तै उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् । सचिवमा गौरी जोशी, आरके शर्मा विजयी भएका छन्  ।

यस्तै, सह–कोषाध्यक्षमा लोक दाहाल र भुमा लिम्बु विजयी भएका छन् । निर्वाचनमा दुई हजार तीन सय ४४ मत खसेको थियो। ८१ देशबाट सम्मेलनमा भाग लिन एनआरएनएका प्रतिनिधि नेपाल आएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार