• २०७६ कार्तिक २९ शुक्रबार

नेयमार चार साता मैदानमा नउत्रने

ब्राजिल तथा पेरिस सेन्ट जर्मन (पिएसजीका) स्टार खेलाडी नेयमार चार साता मैदान बाहिर रहने भएका छन् । नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलमा ह्याम स्ट्रीङको चोट बोकेका उनी चार साता मैदान बाहिर रहने भएका हुन् । उनको क्लब पिएसजीले यसको पुष्टि गरेको छ । 

सोमबार नाइजेरियाविरुद्धको खेलमा नेयमार सुरुआती क्रममा घाइते भएका थिए । उक्त खेलमा ब्राजिल र नाइजेरियाले १–१ को बराबरी खेलेका थिए । नेयमारले यो सिजन पिएसजीबाट जम्मा ५ खेलमात्र खेलेका छन् । जुनमा नेयमारलाई  एङकल इन्जुरी भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार