• २०७६ कार्तिक ४ सोमबार

सलाह चम्किएपछि साल्जवर्गमाथि लिभरपुलको कठिन जित

काठमाडौँ,  च्याम्पियन्स लिग अन्तरगत बुधबार राति भएको खेलमा  डिफेन्डिङ च्याम्पियन लिभरपुलले साल्जवर्गलाई पराजित गरेको छ । बुधबार राति आफ्नै घरेलु मैदानमा समूह ‘इ’ मा भएको खेलमा लिभरपुलले साल्जबर्गलाई ४–३ गोलअन्तरले पराजित गरेको हो ।

घरेलु मैदान एनफिल्डमा एक समय ३-० को स्पष्ट अग्रता कायम गरेको अवस्थामा खेल ३-३ को बराबरीमा पुगेपछि लिभरपुलका लागि यो जित संघर्षपूर्ण बन्न पुगेको थियो। लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा एन्ड्रिउ रोबर्टसन र साडियो मानेले एक एक गोल गरे । साल्जवर्गका हे चान ह्वाङ, ताकुमी मिनामिमो र अर्लिङ ब्राउट हल्यान्डले गोल गरे ।

खेल संघर्षपूर्ण अवस्थामा पुग्नुअघि लिभरपुलले खेलको ९ औं मिनेटमा साडियो मानेको गोलमा पहिलो अग्रता लिएको थियो। त्यसपछि लिभरपुलले खेलको २५ तथा ३६ औं मिनेटमा गोल गर्‍यो र आफ्नो अग्रतालाई ३ ० को अवस्थामा पुर्‍यायो। ती गोलहरू क्रमशः एन्ड्रिउ र सालेहले गरेका थिए । तर खेलको ३९ औं मिनेटमा ह्वाङ ही चानले गोल गरेपछि साल्जबर्गले पहिलो हाफसम्म ३–१ गोलको स्थितिमा ल्याएको थियो ।  

५६औं मिनेटमा ताकुमी मिनामिनाले गोल गर्दै पाहुना टोलीलाई ३–२ को अवस्थामा ल्याए । ६०औं मिनेटमा अर्लिङ ब्राउटले गोल गर्दै साल्जवर्गलाई ३–३ गोलको बराबरीमा ल्याए । ६९औं मिनेटमा सलाहले फिर्मिनोको पासमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै लिभरपुललाई ४–३ ले अघि बढाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुलले जितसहित महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार