• २०७६ कार्तिक ४ सोमबार

संघीय संसदका सभामुखमाथि बलात्कार गरेको आरोप (भिडियोसहित)

कृष्ण बहादुर महरा भन्छन : यो झुट्टा हो

सभामुख कृष्णबहादुर महरामाथि महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । संसद सचिवालयमै कार्यरत स्वास्थ्य सेवातर्फका एक कर्मचारीले सभामुखबाट आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी हुन्। आइतबार राति तिनकुनेस्थित ती कर्मचारीको कोठामै पुगेर दुर्व्यवहार गरेको आरोप सभामुख महरामाथि लागेको हो । दुर्व्यवहारपछि आफूले प्रहरी बोलाएको र प्रहरी आउनुअघि नै सभामुख महरा बाहिरिएको बताउने ती महिलाले प्रहरीमा जाहेरी भने दिएकी छैनन्। प्रहरीले आफ्नो कोठाको तत्कालीन अवस्थाको फोटो र भिडियोसमेत खिचेर लगेको ती कर्मचारीको भनाइ छ । सभामुख महराको सचिवालयले भने सबै झुटो रहेको दाबी गरेको छ। महराको औपचारिक प्रतिक्रिया केहीवेरमा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक र्ने तयारी भइरहेको सचिवालयले जनाएको छ। 

आफुमाथी बलात्कार भएको आरोप लगाएकी महिलाको भिडियो हेर्न हाम्रो यूट्युब च्यानल गरि छेऊमै रहेको बेल आईकन थिच्न नभुल्नुहोला  । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार