• २०७६ कार्तिक ४ सोमबार

नेकपाका नेताले कुटे वडाध्यक्षलाई

ओखलढुङ्गा, 
चिसंखुगढी गाउँपालिका २ का वडाध्यक्ष नरेन्द्र बस्नेतमाथि कुटपिट भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला नेताले वडाध्यक्षमाथि हातपात गरेका हुन् । 

पार्टीको आन्तरिक विवादको विषयलाई लिएर विवाद हुँदा थापाले बस्नेतमाथि गिलास प्रहार गरी घाइते बनाएको जिल्ला कमिटीका सचिवालय सदस्य अशोक कुमार थापाले जानकारी दिए । शनिवार बेलुका पार्टीको कार्यक्रम सकेर पोखरेमा खाजा खाने क्रममा विवाद हुँदा थापाले आफूमाथि गिलास प्रहार गरेर घाइते बनाएको बस्नेतले बताएका छन् । 

बस्नेतको निधार र टाउकोमा गहिरो चोट लागेको छ । उनलाई खानीभञ्ज्याङ्स्थित स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ । बस्नेत नेकपाका चिसंखुगढी गाउँपालिका कमिटीका अध्यक्ष समेत हुन् । पार्टीको आन्तरिक असहमतिका विषयलाई लिएर यस अघिदेखि नै थापासहितका नेता र नेकपाको कमिटीबिच विवाद हुँदै आएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार