• २०७६ मङ्सिर ४ बुधबार

स्वेन र एनाले यसरी गरे संसारकै अनौठो विवाह

काठमाडौँ, 
मानव मनोविज्ञान बुझ्न एकदमै कठिन हुन्छ । मानिस विचित्र विचित्रको विचारले प्रभावित हुने गर्दछ । हो, यस्तै मनोविज्ञानबाट प्रभावित एक जोडीले हावामा झुण्डिएर विवाह रचाएका छन् । आफ्नो विवाहलाई स्मरणयोग्य बनाउनका लागि उनीहरूले यसरी विवाह गरेको बताएका छन् र हाल उनीहरू सामाजिक सञ्जालमा चर्चामा छन् ।

यी जोडी हावामा तारको सहाराबाट झुण्डिएर सबै वैवाहिक प्रक्रियाहरू पूरा गरेका थिए । बेहुली एना ट्रेबर हुन् र पेशाले उनी एक हाइवायर आर्टिस्ट हुन् । एना डोरीमा स्टन्टहरू गर्ने गर्छिन । उनका बेहुला (श्रीमान) स्वेन लियन हुन् । खबरका अनुसार, एनाका बाबु जोन ट्रेबर पनि एक हाइवायर कलाकार हुन् । डोरीको सहारामा झुण्डिएर बेहुला र बेहुलीले विवाह गरेका छन् ।

विवाह गराउने रजिस्ट्रार पनि झुण्डिएका थिए । नौलो तरिकाले विवाह गरेपछि सामाजिक सञ्जालमा यो जोडीको एकदमै प्रशंसा भएको छ ।

-एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार