• २०७६ मङ्सिर २४ मंगलबार

पूर्व राजदुत झा हत्या प्रकरणमा समातिएका तमाङ जेल चलान

काठमाडौं,
एक वर्षअघि भएको पूर्व राजदुत केशव झाको हत्यामा पून पक्राउ गरिएका सानुकान्छा तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। बुधबार जिल्ला अदालत काठमाडौले झाको हत्या गरेको आरोपमा तमाङलाई थुनामा पठाउने आदेश दिएको हो । गत वर्ष ४ भदौमा बबरमहलस्थित आफ्नै घरमा ८० वर्षीया झाको बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो ।

जिल्ला अदालत काठमाडौँमा तमाङ विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो । परिवारले सानुकान्छा तामाङविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। झामाथि १३ इन्च लामो घरेलु चक्कुले टाउकोमा ४ र घाँटी छेउमा २ पटक प्रहार गरेर हत्या गरिएको विवरण प्रहरी मुचुल्कामा उल्लेख छ।

तामाङ, झाको घरेलु कामदार हुन्। गत वर्ष भएको यो घटनामा प्रहरीले तामाङलाई अनुसन्धानका लागि लिएर पछि छाडेको थियो। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले तत्कालै तामाङलाई छाडेपनि उनीमाथीको निगरानी भने लगातार राखेको थियो। महाशाखाले झाकै घरमा कार्यरत  सुरक्षागार्ड सानुकान्छा, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङको पोलिग्राफ परीक्षण गरेको थियो जसमा आइतसिंह र जयबहादुरले झुटो नबोलको पत्ता लागेको थियो भने सानुकान्छाले झुटो बोलेको त्यसबेलै पत्ता लागेको थियो। 

पोलिग्राफपछि प्रहरीले सानुकान्छाको नार्को परीक्षणसमेत गरेको थियो। नार्को परीक्षण भनेको औषधी खुवाएर अर्धचेत बनाई मनोविज्ञले प्रश्न सोध्ने विधीको नाम हो। त्यसमा समेत कुनै ‘क्लु’ फेला परेको थिएन। फिंगर प्रिन्टमा समेत केही नदेखिएपछि अन्तत सानुकान्छा प्रहरीबाट छुटेका थिए।  पछि भदौ १ गते पुनः उनलाई पक्राउ गरी अदालतमा पेस गरिएको थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार