• २०७६ असोज २ बिहीबार

विप्लवका छाेरा प्रकाश चन्द पक्राउ

चितवन,

नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द पक्राउ परेका छन् । चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी प्रकाशसहित १५ जना पक्राउ परेका हुन् ।

मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए । अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार